नियम २२
रकम असुल गराई दिन सक्ने
(१) कुनै रिभर गाइड वा कामदारले इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीसँग आफूले गरेको कामको पारिश्रमिक लिन बा“की रहेकाले भराई
पाउन मन्त्रालय समक्ष दिएको दरखास्त जा“चबुझ गर्दा सो व्यहोरा मनासिव देखिएमा मन्त्रालयले त्यस्तो जलयात्रा व्यवसायीले मन्त्रालयको नाममा राखेको बैंक जमानत रकमबाट कट्टा हुने गरी सम्बन्धित दरखास्तवालालाई रकम भुक्तानी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम भुक्तानी दिएको रकम सम्बन्धित जलयात्रा व्यवसायीले पैंतीस दिनभित्र पुन बैंक जमानतको रुपमा दाखिला गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको रकम भुक्तानी दिन सम्बन्धित जलयात्रा व्यवसायीले बैंक जमानत बापत राखेको रकम पर्याप्त नभएमा त्यस्तो रकम दाखिला गर्न मन्त्रालयले सम्बन्धित जलयात्रा व्यवसायीलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी निर्देशन दिएमा सो बमोजिम रकम दाखिला गर्नु सम्बन्धित जलयात्रा व्यवसायीको कर्तव्य हुनेछ ।
(४) उपनियम (२) वा (३) बमोजिमको बैंक जमानत वा रकम दाखिला नगर्ने जलयात्रा व्यवसायीको इजाजतपत्र मन्त्रालयले रद्द गर्न सक्नेछ ।